२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

२४ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित सेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो । अन्यथा त्यस्तो बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा भइजाने पनि बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : August 9, 2026 at 1:05 pm