जागिरकाे खाेजीमा हुनुहुन्छ ? आइएमई लाइफमा रोजगारीको अवसर
२४ साउन, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कोशी प्रदेशको भोजपुर र खोटाङका लागि, बागमति प्रदेशको सिन्धुली र धादिङवेशीका लागि र कर्णाली प्रदेशको मेहेलकुनाका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
यस पदका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुको साथै मार्केटिङमा राम्रो ज्ञान भएकोलाई प्राथमिकता दिइने कम्पनीले जनाइएको छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : August 9, 2026 at 11:28 am



