२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२४ साउन, काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

dainiki.com

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रुपमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 9, 2026 at 10:43 am