२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

सानिमा बैंकको ६० हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

२४ साउन, काठमाडौं । सानिमा बैंक लिमिटेडले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक सेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक सेयरधनीहरूमा रहने भएकाले हाल उक्त सेयर बैंकका सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन् ।

dainiki.com

उक्त सेयर खरीद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगमी ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै,  तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : August 9, 2026 at 9:48 am