२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

मल्टीपर्सस फाइनान्सले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?

२४ साउन, काठमाडौं । मल्टीपर्सस फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २८औँ वार्षिक साधारण सभा आगामी भदौ १६ गते आयोजना गर्ने भएको छ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ १६ गते मंगलबारका दिन बिहान ११ बजे वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा सभा बोलाउने निर्णय गरेको हो।

संस्थाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

dainiki.com

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान विवरण तथा सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : August 9, 2026 at 9:25 am