सेयर बजारमा झिनो अंकको गिरावट, ३ अर्ब ७७ करोडको कारोबार
२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा पुगेको छ। शुक्रबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन अपर लोहरेखोला हाइड्रोपावरको सेयर सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ ।
आज सोलु हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ३९ करोड २५ लाख ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । सोलु हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड २५ लाख ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : August 7, 2026 at 3:23 pm



