सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पुनः नियमति काममा फर्किए
२२ साउन, काठमाडाैं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएका छन्। कम्पनीले एक सूचना जारी गर्दै साउन २१ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकको निर्णयअनुसार अर्याल पुनः कार्यालयमा फर्किएको जानकारी दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १६ गते अर्याललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। सीआईबीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीका लागि छुट्याएको सेयर बाँडफाँड प्रक्रियामा अनियमितता तथा किर्ते गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी सेयर बाँडफाँटसम्बन्धी विषयमा प्रारम्भिक अध्ययन गरी अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदन पठाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। । अर्याललाई सिआईबीले चैत्र २२ गते नै रिहा गरेको थियो । रिहा भएपनि अनुसन्धान अवधिभर अर्याल कार्यालयमा आएका थिएनन् । सो अवधिमा कम्पनीमा कामु सिईओको जिम्मेवारी कवि फुयाललाई दिइएको थियो ।
प्रकाशित मिति : August 7, 2026 at 11:31 am



