४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा

२२ साउन, काठमाडाैं। कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सुनौलो लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले लेखापरीक्षण सम्पन्न वित्तीय विवरणका आधारमा उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल वितरण प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गरिनेछ। त्यसैले साउन २० गतेसम्म कायम रहेका इकाइधनीहरू मात्र घोषित नगद प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : August 7, 2026 at 9:18 am