७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

नाडेप लघुवित्तका सीईओ अर्यालको राजीनामा स्वीकृत, कामु सीईओमा शिव प्रसाद आचार्य नियुक्त

२१, साउन, काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ। साउन २१ गते सम्पन्न सञ्चालक समितिको २४२औँ बैठकले अर्यालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

dainiki.com

अर्यालले साउन १८ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। साेही बैठकले साउन २१ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद आचार्यलाई कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकाे छ ।

प्रकाशित मिति : August 6, 2026 at 5:40 pm