२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा

२१ साउन, काठमाडाैं ।  माछापुच्छ्र्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ ।  क्यापिटलको आज बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

फण्डले करसहित ८ प्रतिशतका दरले कुल ९ करोड ७३ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने जनाएको छ । प्रतिफल वितरण प्रयोजनका लागि आगामी भदौ २ गते दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ । यसकाे अर्थ भदौ १ गतेसम्म कायम रहेका इकाईधनीले फण्डले घोषणा गरेको प्रतिफल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : August 6, 2026 at 5:27 pm