१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी गर्ने

२१ साउन, काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ।चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको उक्त आयोजनामा कुल परियोजना लागतको ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपूँजी रहने गरी नेपाल बैंकले कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने सम्झौता गरिएको हो।

 

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई छनोट गरेकोमा चितवन इनर्जीप्रति आभार व्यक्त गर्दै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालन हुने विश्वास व्यक्त गरे। चितवन इनर्जीका सञ्चालक निउरेले नेपाल बैंकसँगको सहकार्यप्रति धन्यवाद दिँदै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : August 6, 2026 at 4:01 pm