१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

१३ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

२१ साउन, काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा झरेको छ।  बिहिबार ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३४७ कम्पनीकाे ६० हजार ३८१ पटकको कारोबारमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। एलएस होराइजन १२ को इकाईमूल्य यस दिन सर्वाधिक ६.५० प्रतिशत घटेको छ। रिडी पावर कम्पनीकाे सेयर मूल्य यस दिन सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ४७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।  १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 6, 2026 at 3:30 pm