आशा लघुवित्तको खुद नाफा बढ्यो, लाभांश क्षमता कति ?
२१ साउन, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चौथो त्रैमाससम्ममा २६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १५५.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म संस्थाले ८८ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले ७५ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीकाे वितरणयोग्य मुनाफामा १६२.८९ प्रतिशतले बढेर २१ करोड ६० लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीकाे वितरणयोग्य मुनाफा ८ करोड २१ लाखमा सीमित थियो । वितरणयोग्य मुनाफासँगै संस्थाको लाभांश क्षमतामा समेत बढेको छ । अघिल्लो आवमा ११.२१ प्रतिशत रहेको लाभांश क्षमता बढेर २६.९१ प्रतिशत पुगेको छ ।

यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि २६ करोड ६७ लाख रुपैयाँबाट घटेर २२ करोड २० लाखमा सीमित बनेको छ । संस्थाको खराब कर्जा अनुपात ६.४९ प्रतिशतबाट बढेर ८.५७ प्रतिशत पुगेको छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म ३ अर्ब २१ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३२.६२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १७४.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.१८ गुणा रहेकाे छ ।
प्रकाशित मिति : August 6, 2026 at 1:32 pm



