२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

एक कम्पनीकाे बोनस सेयर डिम्याट खातामा जम्मा

२१ साउन, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीको २०८२ पुस १९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर हितग्राही खाता ( डिम्याट खाता ) मा जम्मा गरिदिएको हो ।

२०८२ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुको बोनस सेयर सम्बन्धीत हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको छ । साथै पुस ६ गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीको हकमा ऋण दिने संस्थाको नाममा रोक्का जनाइएकाले कर्जा चुक्ता भएपछि सम्बन्धित संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : August 6, 2026 at 12:09 pm