लुम्बिनी विकास बैंकको खुद नाफामा उछाल, वितरणयोग्य मुनाफा कति ?
२१ साउन, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २५२.९६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा साेही अवधिमा बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी भने २० करोड ६० लाख रुपैयाँबाट १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ । गत आवमा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३३.८९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यस्तो मुनाफा १८ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ कायम छ। सञ्चित नाफा र जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.४८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१३.७३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : August 6, 2026 at 9:51 am



