२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

होटल सिराईचुलीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

२१ साउन, काठमाडौं। होटल सिराईचुली लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग गर्ने र यसका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : August 6, 2026 at 9:24 am