दिव्यश्वरी हाइड्रोपावरकाे नाफा १ करोड ४५ लाख, प्रतिसेयर आम्दानी कति ?
२० साउन, काठमाडौं। दिव्यश्वरी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ६८ लाख ६३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।

अघिल्लो आवमा ८ करोड ९९ लाख रुपैयाँ मात्रै बिद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले गत आवमा भने १० करोड ४४ लाख रुपैयाँ बिद्युत बिक्री आम्दानी गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ५.५१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ८.३८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : August 5, 2026 at 4:53 pm



