प्रदेश सरकारबारे निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई
२० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारबारे निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
बुधबार बसेको बैठकले केन्द्रको निर्देशनबिना प्रदेश सरकारमा सहभागी नहुन निर्देशन दिँदै भनेको छ, ‘पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठक निर्देश गर्दछ ।’

बैठकको निर्णयबारे पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै भनेका छन्, ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन । प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ । प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ ।’

प्रकाशित मिति : August 5, 2026 at 4:29 pm



