नेप्सेमा लक्ष्मी सनराईज क्यापिटलको ‘एलएस होराईजन १२’ फण्ड सूचीकृत
२० साउन, काठमााडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ । नेप्सेमा क्यापिटलको ‘एलएस होराइजन १२’ नामक फण्ड आज सूचीकृत भएको हो । प्रतिइकाई अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम भएको १५ करोड इकाई सूचीकृत भएको हो ।
प्रकाशित मिति : August 5, 2026 at 4:08 pm



