नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा पनि वृद्धि
२० साउन, काठमाडौं। साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ। बुधबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ३५० कम्पनीको ६१ हजार २८६ पटकको कारोबारमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सोलु हाइड्रोपावरको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ । एभरेष्ट कलरको सेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ। यस दिन सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 5, 2026 at 3:21 pm



