२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

२० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको आव २०६६/६७ देखि २०७६/७७ सम्मको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

dainiki.com

सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडाैंमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ । साे समयमा पनि लाभांश रकम बुझिलिन बाँकी रहेमा उक्त रमक लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 5, 2026 at 1:08 pm