२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः शपथ लिनुपर्ने !


१५ चैत, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः शपथ लिनुपर्ने मागको रिट निवेदन स्वीकार गरेको छ । मंगलबार न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएपछि बुधबार रिट दर्ता भएको छ ।

अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपति भण्डारीले शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने माग गरेका छन ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार ०६:०६