१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

महालक्ष्मी विकास बैंकको खुद नाफा ६३ करोड, वितरणयोग्य नाफा साढे ४६ करोड नाघ्याे

२० साउन, काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ४२ करोड ४३ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४८.४० प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ९४ करोड रुपैयाँबाट १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको ६१ करोड १४ लाख रुपैयाँबाट ५३.४१ प्रतिशतले वृद्धि भई ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १०.७६ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ६० लाख २४ हजार रुपैयाँ पुगेको छ।

dainiki.com

बैंकको कुल वितरणयोग्य मुनाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ, जसबाट सेयरधनीहरूलाई प्रतिसेयर १०.३१ रुपैयाँका दरले लाभांश बाँड्न सक्ने क्षमता राखेकाे छ ।  बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ४६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.८८ रुपैयाँबाट बढेर १३.९६ रुपैयाँ पुगेको छ।  बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) ४.७६ प्रतिशतबाट घटाएर ४.३२ प्रतिशतमा झरकाे छ ।

प्रकाशित मिति : August 5, 2026 at 11:19 am