नेपाली पाठशाला एडिलेडमा नयाँ नेतृत्व, अध्यक्षमा देवेन्द्र खरेल
एडिलेड । नेपाली पाठशाला एडिलेडको साधारण सभाले देवेन्द्र खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
नव गठित कार्य समितिको अध्यक्षमा खरेल सहित उपाध्यक्ष अनिता पराजुली, कोषाध्यक्ष सुदीप ढुंगाना सदस्यहरू संगम पाण्डेफ गोविन्द राना, गणेश खरेल, प्रतिक्षा खतिवडा, शिक्षा कटवाल, पारु भण्डारी, पानु पुन, प्रसन्नमान सिंह, सुधा सुवेदीफ सुशीला ढकाल रहनु भएको छ । भने सचिव पद बैठकबाट नियुक्ति जनाएको छ ।
सचिव शशी पोखरेलले संचालन गर्नु भएको साधारण सभामा अध्यक्षको प्रतिवेदन देवेन्द्र खरेल, आर्थिक प्रतिवेदन प्रकाश खतिवडा र बिद्यालयको प्रतिवेदन प्राचार्य चन्द्र मणी पाण्डेले पेश गर्नु भएको थियो ।
साधारण सभामा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष समेत रहनु भएका पाठशालाका पुर्व अध्यक्ष कपिल पाण्डे, अर्का पुर्व अध्यक्ष अंकुर उपाध्याय, समाजसेवी डा. सुनिल शर्मा लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
नव निर्वाचित अध्यक्ष खरेलले सदस्यहरुको भावना अनुरुप विगतबाट हुदै गरेका कामलाई निरन्तरता दिदै अझ प्रभावकारी ढंगबाट संस्थालाई अगाडि बढाईने बताउनु भयो ।
पाठशाला अन्तर्गत हाल ८० जना भन्दा विद्यार्थी अध्ययनरत छन् । नेपालीमुलका बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्देश्यले संचालित विद्यालय प्रत्येक शनिवार बिहान ९.३०-१२.३० बजे सम्म संचालन हुने गरेको छ ।
सामाजिक संस्था रुपमा समेत रहेको पाठशालाले विभिन्न विषयमा छलफल गर्ने गरि ज्ञानगुन चौतारी समेत संचालन गर्दै आएको छ ।
पाठशालाकै आयोजनामा प्रत्येक वर्ष तिज कार्यक्रम, तिहारमा बालबालिकाहरुलाई नेपाली सांकृतिक महत्व दर्शाउने गरि देउसी भैलौ कार्यक्रम, पाठशाला कप भेट्रान फुटवल संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : August 4, 2026 at 7:24 pm



