१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

कांग्रेसले झण्डा दुरूपयोग गरेको भन्दै नयाँ शक्ति रसुवाको आपत्ति (विज्ञप्तिसहित)

१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको झण्डा दुरूपयोग गरेको भन्दै नयाँ शक्ति पार्टी रसुवाले आपत्ति जनाएको छ । सोमबार नेपाली कांग्रेसले एेतिहासिक एकता भन्दै नयाँ शक्ति पार्टीको झण्डा दुरूपयोग गरेपछि नयाँ शक्तिले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो । नयाँ शक्तिका रसुवा संयोवक दावा तामाङले विज्ञप्ति मार्फत झण्डा दुरूपयोगको कारण खुलाउन समेत ध्यानाकर्षण गराएका छन । उनले अन्यथा कांग्रेसले गरेका सबै कुकृत्यको भण्डाफोर गर्ने चेतावनी दिएका छन ।

यस्तो छ विज्ञप्ति

फल्गुण १३

नेपाली काङ्रेस रसुवा जिल्ला कर्यसमितीले कलिकास्थान्मा आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टीको झन्डा प्रयोग गरि फुर्पावन्दी लाई पार्टी संयोजक भनी झुटा नाटक मन्चन गरेकोमा नयाँ शक्ति पार्टी रसुवा नेपाली कङ्रेस पार्टीको ध्यानाकर्षण गर्न चाहन्छ। बनिबनाउ फुर्पावाङ्दी तामाङ नयाँ शक्ती पार्टीको सघिय परिसद सद्स्य मात्र हुन। नयाँ शक्ति पर्टी रसुवाका आधिकारिक पार्टी संयोजक लगायत जिल्ला कमिटी यथाबत रहदा रहदै नयाँ शक्ति पर्टिको केही ब्याक्ती काङ्रेस प्रबेस गर्दामै आधिकारिक पार्टिको धारण नभुझी झुटा प्रचार गर्न र आम जनमानसमा भ्रम छर्ने हिसाबले नेपाली काङ्रेसले बहुदलिय प्रजातन्त्रको खिल्ली उडाउने कार्य गरेकोमा आइन्द यस्तो गदिबिदी नगर्नको लागि यसै मार्फत सुचित गरिन्छ। नयाँ शक्ति पर्टिको झन्डा भुझाउने अधिकार केन्द्रिय कमिटीको निर्णय बिना पार्टी संयोजकलाइत नहुने अबस्थामा निज फुर्पावान्दिलाइ कसरी हुन्छ र नेपाली कङ्रेसलाइ अर्काको झन्डा र पर्टिको नाम दुरुपयोग गर्ने अधिकार पर्टी सिस्टम्मा कल्ले दियो यथासिद्र प्रस्ट पार्न नेपाली कङ्रेसलाइ यसै मार्फत भन्न चाहन्छ ।यदि यो कुराको बेवास्त गरे पत्रकार सम्मेलन गरि काङ्रेस कार्यक्रममको भन्डाफोर गर्ने कुरा नयाँ शक्ति पर्टी रसुवा जानकारी गराउदछ।
दावा तामाङ
संयोजक
नयाँ शक्ति पर्टी रसुवा

यो पनि पढ्नुहोस्

–नयाँ शक्तिका नेता चोर्न रसुवा पुगेका कांग्रेस नेता स्तब्ध, प्रेम तामाङ भागेपछि शेरबहादुर देउवा ट्वाँ

–पार्टी प्रवेश गर्ने मान्छे नपाएपछि रसुवा पुगेका कांग्रेस शीर्ष नेताको लस्कर मैनबत्ती बालेर फर्कियो

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार २०:४९