एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा उच्च बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१९ साउन, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आवको चौथो त्रैमाससम्म ३० करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२७८४.८० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको खुद नाफा १३ लाख ५१२ हजारमा सीमित थियो ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी ६४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ५६ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियाे ।
बैंकको वितरणयोग्य मुनाफा १७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा १ करोड २६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । अघिल्लो आवमा १.०१ प्रतिशतले ऋणात्मक रहेको बैंकको लाभांश क्षमता १४.३८ रुपैयाँले धनात्मक बनेको छ ।
बैंकको निष्कृय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा सीमित बनेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने कुल जगेडा कोष, सञ्चित नाफा, शेयर प्रिमियम र अन्य जगेडा कोष गरी कुल कोष ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी समेत ०.११ रुपैयाँबाट बढेर २४.७६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७७.८५ रुपैँया र तरलता अनुपात ३४.८४ प्रतिशत रहेकाे छ ।
प्रकाशित मिति : August 4, 2026 at 2:16 pm



