क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा अभिजित केसी नियुक्त
१९ साउन, काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अभिजित केसी नियुक्त भएका छन् ।
साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत केसीलाई साउन १८ गतेदेखि नै लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : August 4, 2026 at 11:30 am



