१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

प्रि ओपन सेसनमा करिब साढे २६ अंकले घट्यो नेप्से

१८ साउन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २६ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २६.४२ अंकले घटेर २६५९.११ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ५९ स्टकको १२९ पटकको कारोबारमा २ करोड ७९ लाख ६६ हजार ३३४ रुपैयाँ ९० पैसाबराबरको ९ हजार १० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 3, 2026 at 11:02 am