आइसिएफसि फाइनान्सको नाफा घट्यो, वितरणयोग्य नाफा कति ?
१८ साउन, काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा फाइनान्सले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०.६७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिशन आम्दानी भने १२ करोड ३३ लाख रुपैयाँबाट घटेर ११ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ५१ लाख रहेको छ ।
अघिल्लो आवमा १.८४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.५५ प्रतिशतमा सीमित बनेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४ करोड १७ लाख र लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ । फाइनान्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.३८ गुणा रहेकाे छ ।
प्रकाशित मिति : August 3, 2026 at 10:11 am



