१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा, लाभांश क्षमता कति ?
१८ साउन, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ७० लाख ७ हजार रुपैयाँ मात्र रहेको थियो। याेसँगै कम्पनीको खुद नाफामा १०३६.४६ प्रतिशतले बढेकाे छ ।
यस्तै संस्थाको कुल सञ्चालन आम्दानी ३९ करोड ५१ लाख रुपैयाँबाट बढेर ५३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जुन करिब ३६ प्रतिशतको वृद्धि हो। त्यस्तै सञ्चालन नाफा २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ३५ करोड ५९ लाख रुपैयाँकोमा यस वर्ष ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन ३९.७४ प्रतिशतले बढी हो।
ग्राहक कर्जा ५ अर्ब ११ करोड ७० लाख रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप पनि १८ अर्ब ३० करोड रुपैयाँबाट बढेर २० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ५० लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो रकम ४ करोड ७७ लाखमा सीमित थियो । वितरणयोग्य मुनाफा बढेसँगै संस्थाको लाभांश क्षमता ४२.५८ प्रतिशत पुगेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष १२.९० रहेको यस वर्ष बढेर रु. ४२.५८ पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ २२७.९१ पुगेको छ।
प्रकाशित मिति : August 3, 2026 at 9:41 am



