साना किसान लघुवित्तको नाफा ६५ करोड ३१ लाख, प्रतिसेयर आम्दानी कति ?
१७ साउन, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.३६ प्रतिशतले कम हाे । अघिल्लो वर्ष कम्पनीको नाफा ८७ करोड ५० लाख ५ हजार रुपैयाँ रहेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी २९.प्रतिशत घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६४ प्रतिशत घटेर १ अर्ब २७ करोड ५४ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा २७.१३ प्रतिशत घटेर ९३ करोड ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ८१ करोड २७ लाख ७५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब २७ करोड ६३ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको ३३.४६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ ।
४ अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख २० हजार रुपैयाँ र सेयर प्रिमियममा १८ अर्ब २६ करोड ९७ लाख १३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २.६५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर २.९६ प्रतिशत पुगेको छ ।
लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २०.२९ प्रतिशत रहेको प्रतिसेयर आम्दानी १३.२६ प्रतिशतमा सीमित भएको छ । यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.७२ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : August 2, 2026 at 6:05 pm



