६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

१७ साउन, काठमाडाैं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवा अबदेखि प्रभु क्यापिटल लिमिटेडमार्फत सञ्चालन हुने जनाएको छ।

संस्थाले प्रकाशित गरेको सूचनाअनुसार सञ्चालक समितिको निर्णयबमोजिम सेयर अभिलेख राख्ने, सेयर अभौतिकीकरण, हकप्रद तथा बोनस सेयर वितरण, नामसारी, सेयरधनी अभिलेख अद्यावधिकलगायतका सम्पूर्ण सेयरसम्बन्धी कार्यको जिम्मेवारी प्रभु क्यापिटललाई प्रदान गरिएको हो।

dainiki.com

संस्थाले सेयरधनीहरूलाई सेयरसम्बन्धी सेवा तथा जानकारीका लागि अबदेखि प्रभु क्यापिटल लिमिटेडसँग सम्पर्क गर्न अनुरोध गरेको छ। यस व्यवस्थासँगै सेयरधनीहरूले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवा प्रभु क्यापिटलमार्फत प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : August 2, 2026 at 9:26 am