४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन ओलीको आह्वान

१४ साउन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाएका छन्।

dainiki.com

ओलीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई उक्त आह्वान गरेका हुन्। ‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन। संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ। राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु,’ उनले भनेका छन्।

 

प्रकाशित मिति : July 30, 2026 at 5:43 pm