१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रिय सुरक्षा परिषदको बैठकले के गर्यो निर्णय ?

१४ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको ४३औं बैठक सम्पन्न भएको हो।

बैठकमा सुनसरीको घटनाका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको बारेमा समेत विश्लेषण र समीक्षा गरेको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा बताए। यस्तै सुनसरीको घटना दोहोरिन नदिनका लागि सबै सरोकारवाला निकायलाई सक्रिय भूमिका खेल्नका लागि निर्देशन दिने निर्णय भएको उनले बताए।

‘यस किसिमका राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा घटना हुन नदिनका लागि सरकारले सरोकारवाला निकायहरू प्रदेश सरकार, स्थानीय सरकारको समन्वयमा आगामी दिनहरूमा यस्ता घटनाहरू हुन नदिनका लागि प्रोएक्टिभरूपमा काम गर्नका लागि निर्देशन दिने निर्णय भएको छ,’ उनले भने।

प्रकाशित मिति : July 30, 2026 at 3:25 pm