१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

खुस्बु ओलीको प्रश्नः प्रधानमन्त्री कुन खोपीमा बसिरहनुभएको छ ?

१४ साउन, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले  सुनसरीको कप्तानगञ्जमा गोली लागेर युवाको ज्यान गएको प्रधानमन्त्री बालेन शाहले स्वीकार गर्दै फेसबुकमा स्टाटस राखेको भन्दै गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्टाटस राखेको भन्दै  सुनसरीमा गोली कसले चलाएको थियो? भन्ने आफूहरूले जान्न चाहेको बताइन्।

dainiki.com

उनले भनिन्, ‘योभन्दा डरलाग्दा घटनाहरू आएका थिए। तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले सम्बोधन गर्थे। तर आज उहाँ कुन खोपीमा बसिरहनुभएको छ?’

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएको उल्लेख गर्दै उनले राज्य प्रमुखबाट प्रत्यक्ष सम्बोधन र जवाफदेहिता आवश्यक रहेको बताइन् । ‘आफ्नो फेसबुकको प्रशासन प्रणालीमार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो?’ उनले प्रश्न गरिन् । सुनसरी घटनाबारे गहिरोसँग छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : July 30, 2026 at 1:16 pm