सन नेपाल लाइफको ३ करोड ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
१४ साउन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ ।
लक इन अवधि समाप्त हुन लागेको सेयरमध्ये संस्थापकतर्फ ३ करोड ६९ लाख ३१ हजार ५५५ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता गरी कुल ३ करोड ७७ लाख २४ हजार २४ कित्ता रहेको छ। लकइन अवधि समाप्त भएपछि भदौ १५ गतेदेखि उक्त सेयर नियमित रूपमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : July 30, 2026 at 11:49 am



