१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सुपर मादी हाइड्रोपावरको खुद नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१४ साउन, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ करोड ५९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७७.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

dainiki.com

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष अघिल्लो आर्थिक वर्षको १४ करोड १४ लाख रुपैयाँबाट उल्लेख्य रूपमा वृद्धि भई ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १८.४० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : July 30, 2026 at 9:50 am