६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? छिमेक लघुवित्तमा रोजगारीको अवसर

१३ साउन, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागिर खुलेको छ।  कम्पनीले विभिन्न पदहरूमा ७ जना कर्मचारी माग गरेको छ । संस्थाले सहायक इकाइ प्रबन्धक पदमा सहायक चतुर्थ तहका लागि कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्थाले प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

dainiki.com

ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखा कार्यालयमा काम गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ । उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा अधिकतम उमेरमा थप ५ वर्षको व्यवस्था गरिएको छ । इच्छुक नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : July 29, 2026 at 1:21 pm