१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोशीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

१३ साउन, विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनाका विषयमा लिएर छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

dainiki.com

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सांसद र राजनीतिक दलका प्रदेशस्तरीय नेता सहभागी हुनेछन् ।

प्रकाशित मिति : July 29, 2026 at 11:40 am