१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आमालाई हजार टुक्रा पारेर पकाएर खाने युवक पक्राउ

१३ फागुन, काठमाडाैँ । एक युवकले अाफ्नै अामालार्इ मारेर हजार टुक्रा पारेर पकाएर खाएकाे स्विकारेका छन् । २६ वर्षे अल्बर्टो सान्चेजले आमालाई मारेर उनको मासु खाएको र आमाको शवलाई हजार टुक्रा पारेर पकाएर आफ्नो घर पालुवा कुकुरलार्इ दिएकाे बताएका छन् ।

सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् । चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारेकाे छ ।

स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार सान्चेजले आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको र उनका शरिरका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो ।

साथीहरुका अनुसार सान्चेज लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका कारण सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाएकाे हुन सक्ने स्राेतले जनाएकाे छ ।एजेन्सी

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १२:४०