कालंगा हाईड्रोको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त
११ साउन, काठमाडाैं। कालंगा हाईड्रो लिमिटेडको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सानिमा क्यापिटललाई नियुक्त गरिएको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटलले गर्नेछ ।
प्रकाशित मिति : July 27, 2026 at 10:10 am



