सेयर बजारमा बढ्दाे आकर्षण, डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
१० साउन, काठमाडौं । पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षक बढ्दै गएको हाे। आईपीओबाट राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताकाे संख्यामा पनि दिनप्रतिदिन बढ्दै गहिरहेको छ।
डिम्याट खाता नखाेलिकन कुनै पनि कम्पनीले जारी गर्ने साधारण सेयर आईपीओ र दोस्रो बजारमा आवेदन दिन सकिने छैन् । त्यसैले पछिल्लाे समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाे छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् ।

यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने ५१ लाख ४८ हजार ८९४ छ । तसर्थ सोभन्दा माथिको करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका छन् । हालसम्म डिम्याट भएका सेयर संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
बजारमा सूचीकृत सेयर संख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ रहेको छ । यस हिसावले ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर अझै डिम्याट हुन सकेको छैन ।
प्रकाशित मिति : July 26, 2026 at 1:52 pm



