बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू
८ साउन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा दाबी व्यवस्थापन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवं प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबीको अवस्थाबारे जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न यस्तो प्रणाली लागू गरेको जनाएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई बीमितले गरेको दाबीको अवस्थाबारे जानकारी पाउने गरी यस्तो प्रणाली तीन महिनाभित्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हाे ।
प्रकाशित मिति : July 24, 2026 at 5:41 pm



