८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

अन्तिम कारोबारको दिन नेप्से र कारोबार रकम दुबै बढ्यो

८ साउन, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।  यस दिन ३५३ कम्पनीकाे ७० हजार १५८ पटकको कारोबारमा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ। सानिमा बैंक लिमिटेड डिबेञ्चरको मूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ। यस दिन रिडी पावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।   १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : July 24, 2026 at 3:20 pm