१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

एनआईसी एसिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौतापत्रमा हस्ताक्षर

१२ फागुन, काठमाडौं  ।  एनआई सी एसिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने नयाँ योजना सार्वजनिक गरेसँगै आइतबार बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा एनआई सी एसिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देविका बुढाथोकीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

बैंक पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल भएको छ ।

उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकताअनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा  २ लाखदेखि १० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार २०:३५