६ दिनको हरियालीपछि नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो
६ साउन, काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार ६ दिनसम्म हरियाली देखिएको बजारमा बुधबार सामान्य करेक्सन देखिएको हाे । यस दिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा झरेको छ। बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४६ कम्पनीकाे ५६ हजार ९४ पटकको कारोबारमा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ । ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ७.१६ प्रतिशत घटेको छ।
प्रकाशित मिति : July 22, 2026 at 3:19 pm





