८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

स्वावलम्बन लघुवित्तका सीईओ बिष्टको पुनर्नियुक्ति रद्द, निमित्तमा चौलागाई

६ साउन, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ।

संस्थाको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले यसअघि २०८३ असार ३१ गते सम्पन्न ४८७औँ बैठकबाट बिष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्ति गर्ने निर्णय तथा सोही आधारमा गरिएको करार सम्झौतासमेत खारेज गर्ने निर्णय गरेको हो।

dainiki.com

संस्थाले एक सूचनामार्फत हालका सीईओ बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ। नयाँ सीईओ नियुक्त नभएसम्म संस्थाको नियमित प्रशासनिक तथा व्यवस्थापकीय कार्य सञ्चालनका लागि कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : July 22, 2026 at 11:56 am