जनताका आधारभूत आवश्यकता पुरा हुनुनै लोकतन्त्र हाे: प्रधानमन्त्री ओली
१२ फागुन, काठमाडौं । सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदान गर्नुपर्ने समय सकिएको बताएका छन ।
राजनीतिक अधिकार प्राप्ति मात्र पूर्ण लोकतन्त्र नभै राजनीतिक अधिकारसँगै जनताका आधारभूत आवश्यकता पुरा भएको नुपर्ने प्रधानमन्त्री ओली बताएका छन् । जनताका आधारभूत आवश्यकता पुरा हुनु मात्र पूर्ण लोकतन्त्र भएकाे बताएका छन् । प्रधानमन्त्री ओलीले अब क्रान्तिकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताएका छन् ।
सहिद आजातले नेपाली जनताको मुक्ति, समानताका लागि जीवन आहुती दिएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजातको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजात ः नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि विमोचन गरेका छन्
प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार २०:०८












