१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१२ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक टे«जरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १८:४९