नेको इन्स्योरेन्सको १२ लाख कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
५ साउन, काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ । साथै, उक्त समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : July 21, 2026 at 9:44 am





